प्रचार-प्रसारको कमीले ओझेलमा परेको मणीकपुर

काभ्रे (तेमाल) – काभ्रेको तेमाल गाउँपालिकामा तामाङ संस्कार र संस्कृतिको जीवीत संग्राहालय समेत मानिने तिमालमा दर्जनौंको संख्यामा ऐतिहासिक,धार्मिक र पूरातात्विक हिसाबले महत्वपूर्ण गुम्बाहरु रहेका छन् ।

प्रत्येक थुम्का थुम्कामा तामाङ पहिचान र बौद्धधर्मका अवशेषहरु, तिमाल क्षेत्रका गाउँ नै पिच्छे रहेका महत्वपूर्ण गुम्बाहरु भने अझै ओझेलमा नै रहेका छन् । त्यसैमध्येको एक गुम्बा हो साविक संस्युखर्क गाविस–३ को मणिकपुर गुम्बा । बिक्रम सम्वत १७०० सालमा स्थापना भएको मणिकपुर गुम्बा आफैंमा एतिहासिक हुनुको साथै धार्मिक र पूरातात्विक हिसावले समेत निकै महत्वपूर्ण गुम्बाको रुपमा रहेको छ । तर मणिकपुर गुम्बा उचित प्रचारप्रसारको अभावमा अझै पनि आन्तरिक तथा बाह्य पर्यटकको नजरबाट बेखबर जस्तै छ ।

मणिकपुरमा रहेको थर्पे देच्छोलिन्ङ गुम्बामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँने योजनाका साथ आफूहरु गुम्बाको राप्न्हे गर्न स्थानीय लागि परेका छन् । यही कुरालाई मध्यनजर राख्दै प्रत्येक चार वर्षमा माघ शुल्क दशमीमा मनाईने राप्न्हे पूजा गर्न अहिले स्थानीय जुटेका छन् । यसका लागि उनीहरुले सरकार र गुम्बा व्यवस्थापन समितिबाट केही सहयोग पाउँने अपेक्षा गरेका छन् । तर आफूहरुको अपेक्षा विपरित सहयोग प्राप्त नभए पनि आफ्नो धार्मिक कार्यक्रम भने नरोकिने स्थानीयले बताए । चारदिनसम्म चल्ने राप्न्हेको अवसर पारेर ओझेलमा परेको सम्पदा अवलोकन गर्न र यो भव्य महोत्सवमा सहभागी बन्न आन्तरिक एंव बाह्य पर्यटक आउँने उनीहरुको विश्वास छ ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङ पुरानो मध्येको एक गुम्बा भएकाले यसको प्रचार प्रसारमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बिहीबार भएको राप्न्हेको प्रमुख आतिथ्यता गर्दै तामाङले भने, ‘भौतिक पूर्वाधार लगायतको विकासमा आफूले सकेको सहयोग गर्नेछु । पाँच वर्षमा तेमालमा धेरै विकासका कामहरु भएका छन । बौद्ध र हिन्दु धर्माम्लबीको उच्चतम नमूना तेमालमा रहेको उनले बताए । तेमाल गाउँपालिका तामाङको संस्कृति जोगाउन आफूहरु हरदम प्रयासरत रहेको उपाध्यक्ष दुर्गामायाले बताइन् ।

आफ्नो पुर्खाले हरेक चार वर्षमा पुजा र राप्न्हे गर्ने निर्णय गरेकोमा सोही अनुसार निरन्तरता गरेको गुठियारका समितीका अध्यक्ष बाबुलाल तामाङले बताए । उनले सबै इष्टमित्र पाहुना बोलाएर सात दिनसम्म गरिने पुजाको निक्कै ठूलो महत्व रहेको बताए । भौतिक पूर्वाधार विकाससँगै आफ्नो क्षेत्रको पर्यटकीय विकास गराउन गुम्बाले विशेष भुमिका खेल्ने गुम्बा संचालक समितीका अध्यक्ष कान्छामान लामाले बताए । उनका अनुसार ७० घर गुठीयारले हरेक चार चार वर्षमा आर्थिक स्रोत जुटाएर राप्न्हे गर्ने गरेको छ । यसलाई प्रचार गर्न सके तेमालमा आउने पर्यटकलाई मणिकपुरसम्म ल्याउन गाउँपालिकाले प्रचार गरिदिन उनले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस