प्रचार सामाग्री हटाउँदै युवा संघ धुलिखेलका कार्यकर्ता

काभ्रे (धुलिखेल) – राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटी एवं अनेरास्ववियु धुलिखेल नगर कमिटीको सयुक्त अगुवाइमा प्रचार सामाग्री हटाइएको छ ।

नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनका लागि खुल्ला सत्र बन्द सत्र स्थान जाने मुख्य स्थानहरुको प्रचारका लागि राखिएको झन्डा दोरण,फ्लेक्स, ब्यानर लगायतका सामाग्री राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटी एवं अनेरास्ववियु धुलिखेल नगर कमिटीका सदस्यहरुले आज हटाइएको राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगरका अध्यक्ष सिबि तामाङले जानकारी दिए ।

आ–आफ्नो वडामा अधिवेशनका लागि प्रयोग भएका प्रचार सामाग्रीहरु हटाउनका लागि सम्बन्धित युवा संघका प्रतिनिधिहरुलाई राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

सिफारिस