काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्दै : एकैदिन ६७ जनामा कोरोना संक्रमण
काभ्रे (धुलिखेल) – केही दिन यता काभ्रेमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । आज मात्रै जिल्लामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा अहिले १ सय ९ जना महिला र १ सय १६ जना पुरुष गरी २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा आज २२ जनाको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १ सय २५ वटा पिसिआर र ६६ वटा एन्टिजेन गरी १ सय ९१ वटा परीक्षणमा ३४ वटा पिसिआर र ३३ वटा एन्टिजेन गरी ६७ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १५ हजार १ सय २ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ८४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । काभ्रेमा अहिलेसम्म १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
जिल्लामा आज १ सय ७६ जनाले पहिलो मात्राको र ७४ जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।