पनौतीमा मकर मेला सुरू‚ पालन भएन स्वास्थ्य मापदण्ड

काभ्रे (पनौती) । पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मेला आजदेखि सुरु भएको छ । मकर मेलाको पहिलो दिनमै पनौती नगरपालिका वडा नम्बर ७ स्थित त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा दर्शनार्थीहरू घुइँचो लागेको छ ।

जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न निर्देशन दिएको छ । स्थानीय प्रशासनले २५ जना भन्दा मेला नहुन निर्देशन दिएको छ । तर‚ मेलामा उक्त निर्देशनलाई पालना गरिएको छैन। स्वास्थ्य मापदण्ड तथा समाजिक दूरी पनि कायम गरिएको छैन। त्रिवेणीघाट क्षेत्रमा करिब ३० जनाको संख्यामा खटिएको स्वयंसेवक र प्रहरी मौन जस्तै देखिन्छन् ।

नगरपालिकाले मकर स्थानको लागि लीलावती र पुण्यमाता खोलामा स्नान गर्न मिल्ने बनाइएको छ। एकै पटक धेरै जना हुँदा स्नान गर्न सहज होस् भनी खोलाभित्र बाँस राखिएका छन्। त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टि रहेको कुञ्जगिरी पर्वत अर्थात् गोरखनाथ डाँडास्थित् गारखनाथलाई चढाउँदा पून्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।

माघ महिनाभर हर्षोल्लासका साथ मनाइने सो मेलामा भारतीय तीर्थलुसमेत आइपुगेका छन्। मकर मेलाको अवसरमा त्रिवेणीघाट क्षेत्रमा पुजा सामाग्री लगायतका पसल राख्नेहरु पनि उत्तिकै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस