काभ्रे कोरोना अपडेट : आज ५९ जनामा कोरोना संक्रमण

काभ्रे (धुलिखेल) – जिल्लामा आज एकैदिन ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले १ सय ३५ जना महिला र १ सय ४९ जना पुरुष गरी २ सय ८४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ५० वटा पिसिआर र ७३ वटा एन्टिजेन गरी १ सय २३ जना वटा परीक्षणमा २३ वटा पिसिआर र ३६ वटा एन्टिजेन गरी ५९ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १५ हजार १ सय ६१ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ८४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । अहिलेसम्म काभ्रेका १ सय ९३ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सिफारिस