बेथानचोक नारायण स्थानमा पनौतीका एक युवकको शव फेला

काभ्रे (बेथानचोक) – जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ३ स्थित नारायण स्थानमा पनौतीका एक युवकको शव फेला परेको छ । घुम्नका लागि बेथानचोक नारायाण स्थान गएका पनौती नगरपालिका वडा नं ६ का  सौरभ सापकोटाको शव आज बिहान  फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आफ्नै आफन्तसँग घुम्नका लागि बेथानचोक पुगेका सापकोटाको शव नारायण स्थानबाट १ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार सौरभ बिहानको २ बजेदेखि हराइरहेको र खोजी गर्ने क्रममा आज बिहान उनी मृत अवस्थामा फेला परेका हुन् । नेपाल प्रहरी र नेपाली सेनको टोलीले उक्त शवको उद्दार गरी पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको उनले बताए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस