काभ्रेमा नयाँ कोरोना संक्रमितको संख्यामा बृद्धि : आज मात्रै ६४ जनामा संक्रमण

काभ्रे (धुलिखेल) – केही दिन यता काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज मात्रै जिल्लामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यसो त जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्यामा पनि बृद्धि भएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले १ सय ६० जना महिला र १ सय ८८ जना पुरुष गरी ३ सय ४८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १ सय ९९ वटा पिसिआर र १८ वटा एन्टिजेन गरी कुल २ सय १७ वटा परीक्षणमा ५६ वटा पिसिआर र ८ वटा एन्टिजेन गरी ६४ रिपोर्ट पोजेटि आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १५ हजार २ सय २५ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ८४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । अहिलेसम्म जिल्लाका १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

जिल्लामा आज ३३ जनाले पहिलो मात्राको र ९ जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस