स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भुम्लु गाउँपालिकाको अनुरोध

काभ्रे (भुम्लु) –  कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न जिल्लाको भुम्लु गाउँपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै बढ्दै गएको कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको हो ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि गाउँपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गर्दै प्रकाशित सूचनामा भनिएको छ, ‘गाउँपालिकाको कार्यालयमा सेवा लिन आउँदा अनिवार्य रुपमा कोरोना खोप कार्ड (खोप कार्डको फोटो मोबाइलमा भएपनि हुने) हुनुपर्ने, सार्वजनिक स्थानामा भिडभाड नगर्ने, सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खाद्यन्न पसल र होटलले सेवा प्रवाह गर्नुपर्ने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननस्किने, वैवाहिक कार्यक्रम तथा भोजभत्तेरमा सकभर नगर्ने, नगरी नहुने भएमा २५ जनाभन्दा सहभागी नहुने तथा नगर्ने, कोभिडको शंका लागेमा दोलालघाट र गाउँपालिकामा रहेको हेल्थडेस्कमा परीक्षण गराउन अनुरोध गर्नुको साथै कोभिड संक्रमित वा शंकास्पद वा स्वासप्रस्वास सम्बन्धि अन्य समस्या भएमा गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस