काभ्रेको सिडियो पाण्डे र एसपी जोशी जिल्ला कारागारमा

काभ्रे : जिल्लामा हालमात्रै सरुवा भए आएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख एसपी चक्रराज जोशीले जिल्ला कारागारको निरीक्षण गरेका छन् । सिडियो पाण्डे र एसपी जोशीले कारागार कार्यालयको निरीक्षयण गरेर आवश्यक निर्देशन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

सिडियो पाण्डे र एसपी जोशीले कारागारमा रहेका थुनुवा कैदीबन्दीहरुसंग भेटघाट समेत गरेका थिए । उनीहरुले कारागार कार्यालयको आन्तरीक तथा बाह्य प्रशासनबाट हुने व्यबहार, बस्ने बासको अबस्था, परिवार तथा आफन्तहरुसँग हुने सम्पर्कका माध्यम, भेटघाट, नियमानुसार नेपाल सरकाबाट प्राप्त हुने दैनिक सिदा खाना लगायतका विभिन्न विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गरेका थिए ।

एसपी जोशीले अदालतको आदेशानुसार कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदी बन्दीलाई मर्यादित, अनुशासित र इमान्दारिताका साथ आफुलाई प्रस्तुत गरी कारागारको आन्तरिक मुल्याङ्कनबाट कैदी तथा बन्दीहरुलाई प्राप्त हुने सुबिधाको लाभ उठाई आग्रह गरे ।

सिडियो पाण्डेले कारागार कार्यालयमा रहँदा बस्दाको अवस्थामा इमान्दार भई आफुलाई परेको समस्या एवं समस्या कोही कसैको डर नमानी निर्धक्कसँग कारागार कार्यालय प्रशासनमा जानकारी गराएमा उचित सम्बोधन समेत बताए ।

सिडियो पाण्डे र एसपी जोशीले कारागार कार्यालय काभ्रेपलाञ्चोक हुने प्रशासनिक काम कारवाही र कैदी थुनुवा बन्दीहरुको अभिलेख व्यबस्थापन निरीक्षण र अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस