
स्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि
मंगलबार, माघ ०४, २०७८ | १४:०९:२०

काठमाडौं – अभिनेत्री तथा निर्मात्री स्वेता खडकालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन् । ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु । सबै सुरक्षित रहनुहोला,’ स्वेताले फेसबुकमा लेखेकी छन् ।