गाउँपालिका अध्यक्ष जिम्बाद्वारा प्रशासनिक भवनको शिलान्यास

काभ्रे (बनेपा) – जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाले आफ्नै पक्की प्रशासनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो समयमा बजेट व्यवस्थापन भएपछि देवीटारमा साढे चार तलाको पक्की भवन निर्माण हुने भएको छ ।

पालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रशासनिक भवनको शिलान्यास गरी निर्माण अगाडि बढाएका हुन् । कुल छ करोड १० लाख ४३ हजार रुपैँयामा निर्माण सम्झौता भएको भवन आगामी आव २०८०/८१ सम्ममा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको अध्यक्ष जिम्बाले जानकारी दिए ।

पालिका गठन भएपछि सामान्य टहरामा कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको महाभारत गाउँपालिकाले करिब दुई वर्षदेखि वडा नं ६ देवीटारमा अस्थायी भवन निर्माण गरी सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस