नक्कली नोटसहित दुई युवक पक्राउ

महोत्तरी – नक्कली नोटसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । दुबै जनालाई महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ३ मलिवारा स्थित भिठ्ठामोड जलेश्वर सडक खण्डबाट पक्राउ गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय असरफ मोहम्द रहेका छन् ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको बा।२१ च ६७६१ नम्बरको कारलाई शङ्काको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्की भित्र रहेको कालो ब्याग भित्र बाहिरी पट्टी नेपाली एक हजार दरको नोट र पछाडि पट्टी नेपाली एक हजारको नोट, एक हजार नोटको साइजको कटिङ गरेको ५ व्याण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात अत्यधिक मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए।

दुबै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान शुरु गरेको छ । मोजाहिद रेजा जनकपुरधामको पिडारीचौकमा पसल सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस