काभ्रे कोरोना अपडेट : एक संक्रमितको मृत्यु, १ सय ४८ जनामा संक्रमण, १२ जना संक्रमणमुक्त

काभ्रे (धुलिखेल) : काभ्रेमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मण्डनदेउपुर नगरपालिकाका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको डा.पुरुषोत्तम राज सेढाइले जानकारी दिए । उनका अनुसार मृतकमा माघ ३ गते संक्रमण पुष्टि भएको  थियो । योसँगै जिल्लामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको ३ सय ३८ वटा पिसिआर र १ सय ३९ वटा एन्टिजेन गरी कुल ४ सय ७७ परीक्षणमा ९७ वटा पिसिआर र ५१ वटा गरी १ सय ४७ वटा रिपोर्ट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ५ सय २८ पुगेको छ । जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै सक्रिय संक्रमितको संख्यामा पनि बृद्धि भएको छ ।

काभ्रेमा अहिले २ सय ७४ जना महिला र ३ सय ४९ जना पुरुष गरी ६ सय २३ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।कार्यालयको जानकारी अनुसार जिल्लामा आज १२ जना संक्रमित उपचारपछि संक्रमणममुक्त भएसँगै काभ्रेमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ७ सय ११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस