बेथानचोकका कृषकलाई ८० प्रतिशत अनुदानमा कीविका विरुवा वितरण गरिने
मंगलबार, माघ ०४, २०७८ | १९:५७:०५
काभ्रे (बनेपा) : जिल्लाको बेथानचोक गाउँपालिकाले अनुदानमा कृषकलाई कीविका विरुवा वितरण गर्ने भएको छ । गाउँपालिकाले आज एक सूचना प्रकाशन गर्दै गाउँपालिकाका कृषकलाई ८० प्रतिशत अनुदानमा कीविका विरुवा वितरण गर्ने जानकारी गराएको छ ।
पालिकाबाट प्रकाशित सूचनामा भनिएको छ, ‘गाउँपालिकाको आ.व २०७८/७९को स्वीकृत प्रथम चौमासिक कार्यक्रम अन्र्तगत कृषि शाखाबाट ८० प्रतिशत अनुदानमा कीविका विरुवा वितरण गरिने भएकाले आवयक पर्ने कृषि सहकारी, कृषि समूह, कृषि फार्म र कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडामा गइ निवदेन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।’
गाउँपालिकाबाट प्रकाशित सूचना :