काभ्रेका प्रहरीलाई प्रहरी प्रमुख जोशीद्वारा निर्देशन सम्बोधन
मंगलबार, माघ ०४, २०७८ | २०:४५:२५

काभ्रे (धुलिखेल) : काभ्रेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आज निर्देशन सम्बोधन गरेका छन् । प्रमुख जोशीले कार्यालयका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवानहरुलाई रोलकल लिई निम्नबमोजिमको निर्देशन सम्बोधन गरेका हुन् :
१. जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहत प्रहरी ईकाईहरुमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीहरुले जिल्ला प्रहरी प्रमुख, सिनियर प्रहरी अधिकृतहरु नाम र मोवाईल नम्बर र प्रहरी काम कारवाहीसंग सम्बन्धित जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको शाखाहरुको सम्पर्क नम्बर अनिवार्य रुपमा राख्ने ।
२. प्रत्येक प्रहरी कर्मचारीको कार्य सम्पादन मुल्याङकन व्यक्तिगत सम्बन्धको आधारमा नभई प्रहरी नियमावली, २०७१ बमोजिम प्रहरी कर्मचारीहरुले पदिय जिम्मेवारी अनुसार गरेको कार्य सम्पादनको आधारमा पुरस्कार र सजायको व्यवस्था गरिने ।
३. प्रहरी नियमावली, २०७१ बिपरीत नेपाल प्रहरीको छबिमा आँच आउने कार्य गरेमा सोही नियमावली बमोजिम कारवाहीको भागिदार हुने ।
४. बिदा सम्बन्धमा कुनै कन्जुस्याई नगरी बिदा प्रदान गर्न सकिने तर प्रत्येक प्रहरी कर्मचारीले समयको पालना गरी भाईचाराको भावना राखी बिदा अवधी भुक्तान गरे पश्चात तोकिएको समय सिमा भित्र कार्यालय हाजिर हुनुपर्ने छ ।
५. सामुहिक भावना सहित Joint effort मा Team work गर्नाले प्रहरी काम कारवाहीमा सफलता प्राप्त हुने भएकोले एक अर्कालाई सहयोग गर्ने र कुनै कमी कमजोरी भएमा सुधार गर्ने दिई कमजोरी औल्याईदिने ।
६. काभ्रेपलाञ्चोक जिल्ला आफैमा बिशिष्ट शैलिको रहेको छ । यसमा सुगम तथा बिकट दुबै क्षेत्रहरु रहेका छन् । अबैध जुवा तास, नदीजन्य पदार्थ र खानी उद्योग, क्रशर लगायतका कल कारखानाहरु संचालनमा रहेका छन् यसमा प्राप्त सुचनाको बिश्लेषण एवं आदन प्रदान गरी अबैध क्रियाकलापहरुको नियन्त्रणमा गर्न बिभिन्न श्रोतहरुबाट प्राप्त सुचनाको ठुलो भुमिका रहेको हुन्छ ।
७. प्रहरी कर्मचारी अनैतिक क्रियाकलापमा संलग्न नहुने, नगर्ने, मदिरा सेवन नगर्ने, जुवा तास नखेल्ने, COVID-19 को महामारीमा मास्क, सेनीटाईजरको प्रयोग गरी स्वास्थ्य मापदण्ड पालना गर्दै व्यक्तिगत स्वास्थ्य सुरक्षामा समेत ध्यान दिने ।
८. प्रहरी कर्मचारी कार्यसम्पादनमा संगठन प्रति सम्रपित रहेर नागरिक मैत्री सेवा प्रदान गर्ने ।