पनौतीको मकर मेलामा भिडभाडजन्य क्रियाकलाप कायमै : संक्रमणको जोखिम बढ्दै

काभ्रे (पनौती) – कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न निर्देशन दिएको छ । स्थानीय प्रशासनले २५ जना भन्दा मेला नहुन निर्देशन दिएको छ ।

तर‚ मेलामा उक्त निर्देशनलाई पालना गरिएको छैन। स्वास्थ्य मापदण्ड तथा समाजिक दूरी पनि कायम गरिएको छैन। त्रिवेणीघाट क्षेत्रमा करिब ३० जनाको संख्यामा खटिएको स्वयंसेवक र प्रहरी मौन जस्तै देखिन्छन् ।

केही दिन यता काभ्रेमा पनि कोरोना संक्रमितको संख्या बृद्धि भएको छ । अहिलेसम्मको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङकमा काभ्रेमा ६ सय २३ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार संक्रमणकै कारण एक पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणको बढिरहदाँ पनि यस्ता खालका भिडभाडजन्य क्रियाकलाप भने कायम नै रहेको छ ।  यस्ता क्रियाकलापले संक्रमणको जोखिमलाई स्वागत गर्दैछ । यस विषयमा सम्बन्धित निकायको अनुगमन भने फितलो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस