फुलहमले बनायो दुर्लभ इतिहास

ग्लिस फुटबलको दोस्रो डिभिजनमा बनेको कीर्तिमान हो, तर यो असाध्यै दुर्लभ छ । त्यसैले पनि यसको चर्चा पनि धेरै छ । भएको के छ भन्दा इंग्लिस च्याम्पियनसिप लिगमा फुलहमले भर्खरै बर्मिङघम सिटीलाई ६–२ ले हरायो । यो जितपछि फुहलम पाँच अंकको अग्रताले अंक तालिकाको शीर्ष स्थानमा छ ।
उसको ५४ अंक छ । दोस्रो स्थानमा रहेको बर्नमाउथको ४९ अंक छ । यस्तोमा फुलहमले फेरि एकपल्ट इंग्लिस प्रिमियस लिगमा फर्कने तय जस्तै छ । तर अहिले तत्काल फुलहमको चर्चा भने उसले गरिरहेको लगातार गोलका लागि हो ।
खासमा फुलहमले पछिल्ला तीन खेलमा लगातार छ अथवा त्यो भन्दा बढी गोल गरेको छ । यस्तो घटना यसअघि समग्र इंग्लिस फुटबलमा ८८ वर्ष अगाडि मात्र भएको थियो । सन् १९३३/१९३४ मा चेस्टरले यस्तै नतिजा निकालेको थियो ।
अहिले भने फुलहमले बर्मिङघमलाई हराउन अगाडि रिडिङलाई ७–० र ब्रिस्टल सिटीलाई ६–२ ले पराजित गरेको थियो । यसरी तीन खेलमा १९ गोल गर्नु एक युगमा एकै पल्ट मात्र आउने गर्छ ।