कोटेश्वरमा मोटरसाइकल दुर्घटना : मोरङका एक पुरुषको मृत्यु , काभ्रेका एकजना घाइते

काठमाडौं : कोटेश्वरमा मोटरसाइल दुर्घटना हुँदा भक्तपुरका एक पुरुषको मृत्यु भएको छ भने पछाडि सवार काभ्रेका एकजना घाइते भएका छन् ।

तिनकुनेबाट कोटेश्वर तर्फ जाँदै गर्दा गएराति साढे ११ बजे  नम्बर नखुलेको टिपरमा प्रदेश ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो ।

लिम्बुको राति नै उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपरसहित चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस