अत्यावश्यक बाहेकका नमोबुद्धका सबै सेवा बन्द

काभ्रे (नमोबुद्ध) – कोरोना संक्रमण जोखिमका कारण जिल्लाको नमोबुद्ध नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालिनका लागि बन्द हुने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै नगरले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको बारे जानकारी गराएको हो ।

नगरपालिकाका उप–सचिव जनआर्दन रिजालले जारी गरेको सचूनामा नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीमा कोरोना संक्रमण देखिएकाले नगरबाट प्रवाह हुने अत्यतावश्यक बाहेकका सम्पूर्ण बन्द हुने छ । भोलि माघ ७ गतेबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने कुरा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस