अवैध लागूऔषध सहित पक्राउ

महोत्तरी, औराही नगरपालिका-४ कठुधारबाट नियन्त्रित लागूऔषध २ हजार ९ सय ८२ पिस नाइट्राभेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे मनदन देवपुर बस्ने २५ वर्षीय सरोज बिक र सिरहा गोलबजार नगरपालिका-४ बस्ने २३ वर्षीय आकाश शर्मा रहेका छन् । सम्सिबाट बर्दिबासतर्फ जाँदै गरेको बा.४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-९ शान्तीटोल बस्ने २१ वर्षीया शुस्मिता गुरुङ र २० वर्षीय राजकुमार भुजेल रहेका छन् । उक्त स्थानमा सिआरभि पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, भेरीगंगा नगरपालिका-१० टोली खोलाबाट करिब ५ ग्राम ५४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  भेरीगंगा नगरपालिका-९ बस्ने ३८ वर्षीय  टेक बहादुर देवकोटा र सोही ठाउँ बस्ने २४ वर्षीय जनक विष्ट रहेका छन् । नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ ख ६२०५ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-१ चियाबगानबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल लुपिजेसिक,  ४३ एम्पुल डाइजेपाम र ४२ एम्पुल फेनारगन सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट १ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ८४ हजार रुपैयाँ सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय दोर्ण बहादुर रावल, सोही उपमहानगरपालिका-२ बस्ने २९ वर्षीय टेक बिष्ट र सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय मनिष भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित रावलले संचालन गरेको ग्लोबल मोवाईल ग्यालरीभित्र उक्त लागूऔषध कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरुले प्रयोग गरेको भे.११ प ७५७६ र से.७ प ७२०६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस