काभ्रे कोरोना अपडेट : २ सय ५१ जना नयाँ संक्रमित, सक्रिय संक्रमित १ हजार नाघ्यो

काभ्रे (धुलिखेल) : जिल्लामा आज एकैदिन २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले ४ सय ६७ जना महिला र ५ सय ७६ जना पुरुष गरी १ हजार ४३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको २ सय ५६ वटा एन्टिजेन र ३ सय ८९ वटा पिसिआर गरी कुल ६ सय ४५ वटा परीक्षणमा २ सय ५१ वटा रिपोर्ट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ५२ पुगेको छ । जसमध्ये १४ हजार ७ सय १५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिलेसम्म १ सय ९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सिफारिस