३५ युट्युब च्यानललाई प्रतिबन्ध
शनिबार, माघ ०८, २०७८ | १२:४६:५३
भारतको सूचना एवं प्रसारण मन्त्रालयले आइटी एक्टअन्तर्गत पाकिस्तानद्वारा सञ्चालित हुने ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई भारतमा प्रतिबन्ध गर्न निर्देशन जारी गरेको छ ।
सूचना एवं प्रसारण मन्त्रालयका सचिव अपूर्व चन्द्रले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यी सबैले भारत विरोधी प्रोपागान्डा चलाइरहेको बताए । उनले भने, ‘जबदेखि यो प्रक्रिया सुरु भएको छ धेरैभन्दा धेरै च्यानल ब्लक गरिएको छ ।’
उनले मिडियालाई मानिससम्म सन्देश पुर्याउनका लागि आग्रह गर्दै यदि मानिसलाई यस्ता च्यानलबारे थाहा भए यसबारे जानकारी दिन पनि आग्रह गरे । उक्त पत्रकार सम्मेलनमा यी सबै च्यानलमार्फत् भारतविरोधी प्रोपागान्डा र नक्कली खबर प्रसारित गरेको र अलगाववादी विचार भाव भएका खबर प्रेसित गरिरहेको बताए ।