कोरोना संक्रमणका कारण नेपालमा आज एकैदिन १६ जनाको मृत्यु
शनिबार, माघ ०८, २०७८ | १७:०४:०७
काठमाडौँ : कोरोना संक्रमणका कारण नेपालमा आज १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।
नेपालमा आज १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ४ सय ६२ पिसिआर परिक्षणका क्रममा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय २५ एन्टीजेन परिक्षणका क्रममा २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १६ हजार ८ सय ४५ पुगेको छ । त्यस्तै थप ७ सय ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख २० हजार २ सय ८३ संक्रमित निको भएका छन् । हाल नेपालमा ७२ हजार ८ सय ६२ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।