रोशी गाउँपालिका अध्यक्ष डि.बीद्वारा सिडिओ पाण्डे र एसपी जोशीलाई स्वागत

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाले काभ्रेमा नयाँ नेत्तृत्व सम्हालेका  सिडिओ र एसपीलाई स्वागत गरेका छन् । अध्यक्ष लामाले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीलाई गाउँपालिकामा स्वागत गरेका हुन् ।

यसका साथै राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नगेन्द्र दाहाललाई पनि उनले स्वागत गरेका थिए । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष लामाले नयाँ नेत्तत्व सम्हालेका तिनै जनालाई सफल कार्यकालको शभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस