बेथानाचोक गाउँपालिका अध्यक्ष प्रेमद्वारा एसपी जोशीलाई स्वागत
आइतबार, माघ ०९, २०७८ | ९:५६:३८

काभ्रे : काभ्रेमा नयाँ नेत्तृत्व सम्हालेका जिल्ला प्रहरी कार्यालय काभ्रे -का प्रमुख प्रहरी उपरीक्षक (एसपी) लाई बेथानाचोक गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले स्वागत गरेका छन् ।
बेथानाचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना र बेथानाचोक गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दिल बहादुर श्रेष्ठले जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीलाई गाउँपालिकामा स्वागत गरेका हुन् । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले नयाँ नेत्तृत्व सम्हालेकोमा सफल कार्यकालको शुभकामना दिएका थिए ।