‘वैशाखमा एसईई र जेठमा कक्षा १२ को परीक्षा हुने’ : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं : वैशाखमा (एसईई) र जेठमा कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने हामीले निर्णय गरेका छौं । अब चाँडै परीक्षा तालिका सार्वजनिक गरिने उनले बताए । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको शर्माले जानकारी दिए ।

कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताए । उनले भने, ‘अहिलेको समयलाई हेरेर परीक्षा गर्न सक्ने सबै परिस्थितिलाई आंकलन गरेर हामीले कसरी कुन मोडालिटीबाट गर्ने भन्ने कुराहरु अलि पछि गर्छौं ।’ यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस