सुनको मूल्य ३ सय रुपैँयाले घट्यो
आइतबार, माघ ०९, २०७८ | ११:४०:१५
काठमाडौँ : नेपाली बजारमा आज ३ सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, प्रतितोला ९३ हजार ३०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । शुक्रबार एक हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार भने एक हजार ३१५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।