काभ्रेमा मास्क नलगाई हिडँने १ सय ६४ जनालाई कारबाही

काभ्रे : काभ्रेमा बढ्दै गएको कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड चेकजाँचलाई कढाइ गरेको छ । काभ्रेमा स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको बारेमा जिल्ला प्रहरी कार्यालय काभ्रेले चेकजाँचमा कढाइ गरेको हो ।

कार्यालयले स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई कारबाहीको सुरुवात गरेको छ ।  मास्क नलगाई हिँडेमा सर्वसाधरणले कारबाहीस्वरुप १ सय रुपैँया जरिवाना तिर्नुपर्ने हुन्छ ।काभ्रेमा सार्वजनिक स्थानमा मास्क नलाइ हिँड्ने १ सय ६४ जनालाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी जानकारी दिए ।

उनका अनुसार माघ ७ र ८ गते गरिएको चेकजाँचमा सार्वजनिक स्थलमा मास्क नलगाइ हिँडेका १ सय ६४ जनालाई कारबाही गरिएको हो । कारबाहीमा परेका १ सय ६४ बाट १६ हजार ४ सय रुपैँया राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै मास्क नलगाई हिँडेका १६ सय ३६ जनालाई प्रहरीले निःशुल्क मास्क वितरण गरिएको प्रहरी उपरीक्षक जोशीले बताए ।

प्रहरीले सवारी चेकजाँचमा पनि कढाइ गरेको छ । चेकजाँचका क्रममा क्षमताभन्दा बढी यात्रु बोक्ने ३८ वटा सवारीलाई कारबाही गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालय अनुसार कारबाहीमा परेका ३८ वटा सवारीबाट ४३ हजार रुपैँया राजश्व संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस