कोरोना संक्रमण न्यूनिकरणका लागि मास्क बाढ्दै इलाका प्रहरी बनेपाका प्रमुख कोइराला
आइतबार, माघ ०९, २०७८ | १३:०१:१२

काभ्रे : कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । सोही कुरालाई मध्यनजर गर्दै यसको रोकथामका लागि विभिन्न स्थानबाट प्रयासहरु भइरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाले पनि संक्रमण जोखिम न्यनूनिकरणका लागि मास्क नलगाई हिँड्ने सर्वसाधरणलाई मास्क वितरण कार्य सुरु गरेको छ ।
कोरोना संक्रमण न्यूनिकरणका लागि इलाका प्रहरी कार्यालय बनेपाले ‘मास्क लगाउनु पर्छ, मास्क लगाएमा संक्रमणबाट बच्न सकिन्छ’ भन्ने चेतना दिन प्रहरीले मास्क वितरण कार्य सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले बताए । उनका अनुसार यसको रोकथामका लागि सबैभन्दा पहिले सर्वसाधरण आफै सचेत हुनुपर्छ । स्वास्थ्य मापदण्डपूर्ण रुपमा पालना गर्नुपर्छ ।