घरभित्रै निस्सासिएर नाबालकको मृत्यु

भक्तपुर : भक्तपुरमा घरभित्रै निस्सासिएर नाबालकको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित एक घरमा डेरा गरी बस्ने रामेछापको मन्थलीका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिने छोराको घरभित्रै निस्सासिएर मृत्यु भएको हो ।

३० वर्षीय अभिषेक र २८ वर्षीया पसुनाको उपचार भइरहेको छ। दुवैको अवस्था गम्भीर रहेको प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए। शनिबार राति आगो तापेर ननिभाई सुतेका उनीहरु आइतबार बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको डीएसपी पाण्डेले बताए।

उनका अनुसार स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा थिए। तत्काल उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो। नाबालकको बिहानसाढे ८ बजे भएको हो। आमा बुवाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरु उक्त घरमा २ वर्षदेखि बस्दै आएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस