बजारमा सिटामोलको अभाव भएपछि काभ्रे प्रशासनद्वारा औषधीमा पसलमा अनुगमन

काभ्रे : पछिल्लो समय देशका विभिन्न स्थानमा सिटामोल अभाव भएको तथ्य सार्वजनिक भएको छ । काभ्रेमा पनि सिटामोलको अभावको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेले बनेपाका औषधी पसलमा अनुगमन सुरु गरेको छ ।

काभ्रे प्रशासनले आज बनेपाको मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरेको हो । बजारमा कालो बजारी हुन सक्ने भन्दै काभ्रेको बनेपाका मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अमर दिप सुनुवारको टोलीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाई, प्रहरी प्रशासन, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले बनेपाका मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस