मकै उत्पादन प्रबर्द्धन कार्यक्रममा कृषकलाई सहभागी हुन पनौती नगरपालिकाको आग्रह
काभ्रे : मकै उत्पादन प्रबर्द्धन कार्यक्रममा सहभागी हुन कृषकलाई पनौती नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कृषकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो ।
नगरपालिकाबाट प्रकाशित सूचनामा भनिएको छ, ‘नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले आ.व २०७८/७९मा सञ्चालन हुने सर्सत तर्फको मकै उत्पदान प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कार्यक्रममा सहभागी हुनका लागि पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखामा दर्ता भई पनौती नगरपालिका क्षेत्रभित्र बिउ बिजन उत्पदान कार्यक्रममा संलग्न भएका तथा संलग्न हुन चाहाने कृषक समूहहरुले कार्यक्रममा भाग लिने गरी नगरपालिकाबाट निर्देशित कागजपत्र सहित १५ दिनभित्र प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएकोमा उक्त समयमा प्राप्त नभएकाले सम्बन्भित वडा कार्यालयबाट माग भइ आएकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’
उक्त कार्यक्रममा सहभागिताका लागि ‘कार्यक्रममा सहभागी हुनेबारे बैठकको निर्णय प्रतिलिपि तथा निवेदन, समूहले हालसम्म गरेको कार्यहरुको विवरण निर्णय सहितको प्रतिलिपि, समूहले आफैले गर्न चाहेको कामको विवरण सहित साना कृषि आजार/सामग्री, बिउ/बिजन, लेबलिङ्ग/प्याकेजिङ्गका लागि आवश्यक सामग्रीहरु माग गर्नुपर्ने, मकैको बिउ उत्पदानका लागि नेपाल सरकारले सिफरिस गरेको जातहरु मात्रै उत्पदान गर्नुपर्ने, मकै खेतीका लागि कम्तीमा एउटै पलटमा ५० रोपनी जग्गा हुनेपर्ने, लागत सहभागिता बापतको ४० प्रतिशतको रकम व्होर्ने प्रतिबद्धता’ लगायतका विषय बारे कृषकलाई जानकारी हुनुपर्नेछ ।