काभ्रे मालपोतमा अत्यावश्यक बाहेकका सबै सेवाहरु भोलीदेखी बन्द
आइतबार, माघ ०९, २०७८ | १६:५४:०२
काभ्रे : मालपोत कार्यालय काभ्रेका अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने भएको छ ।
जिल्लामा बढ्दै गएको कोरोना संक्रमणको जाखिमलाई नियन्त्रणका लागि कार्यालयले भोली सोमबारदेखी लागू हुने गरी अत्यावश्यक बाहेकका सेवाहरु शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लामा संक्रमणको जोखिम उच्च हुनेका साथै कार्यालयका कर्मचारीहरु पनि संक्रमित भई उपचारार्थ रहेको भन्दै मालपोत कार्यालय काभ्रेले अत्यावश्यक बाहेकका सेवाहरु यहि माघ १४ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।