अनैतिक गतिविधि गराउने बनेपाका ३ होटल सञ्चालक प्रहरी नियन्त्रणमा

काभ्रे : जिल्लाको बनेपा बजारका विभिन्न होटलमा अनैतिक गतिविधि गराउने ३ जना होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बनेपा नगरपालिका वडा नं १० पुलबजार अरनिको होटल एण्ड गेष्ट हाउसका सञ्चालक ४९ वर्षीय गोकुल पराजुली, बनेपा वडा नं ७ गोदामचोक नाम नराखिएको चिया नास्ता खाजा घरकी सञ्चालक ४१ वर्षीय चन्चला महत र बनेपा वडा नं ०८ बसपार्क पछाडी संचालित नाम नराखिएको क्याफे होटल संचालक ४२ वर्षीय मनमाया तामाङलाई आज प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार सामाजिक बिकृती विसंगती फैलाउने तथा समाजिक मर्यादामा खलल पार्ने खालका अनैतिक गतिविधिहरु भईरहेको छ भन्ने बनेपा नगरबासीबाट जिल्ला प्रहरी कार्यालयमा पटक/पटक आएको  गुनासोलाई सम्बोधन गर्ने क्रममा विशेष प्रहरी टोली परिचालन गरी  बेनपाका विभिन्न स्थानमा संचालन गरिएका होटलहरुमा चेक जाँच गर्ने क्रममा तीन जना होटल संचालकहरुलाई अनैतिक व्यवसायमा संलग्न भएको आरोपमा आज नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिई कानूनी कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस