काभ्रे कोरोना अपडेट : १ सय ३८ जनामा संक्रमण, ३४ जना संक्रमणमुक्त
आइतबार, माघ ०९, २०७८ | २१:०२:०४
काभ्रे : जिल्लामा आज थप १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले ५ सय २३ जना महिला र ६ सय ४२ जना पुरुष गरी १३ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ३ सय ४७ वटा पिसिआर र ६० वटा एन्टिजेन गरी कुल ४ सय ७ वटा परीक्षणमा १ सय ५ वटा पिसिआर र ३३ वटा एन्टिजेन गरी १ सय ३८ वटा पिरपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १६ हजार २ सय ९१ पुगेको छ ।
जिल्लामा आज ३४ जना संक्रमणमुक्त भएसँगै उपचारपछि संक्रमणमुक्त हुनेको संख्या १४ हजार ७ सय ९४ जना पुगेको कार्यालयको जानकारी छ । जिल्लामा अहिलेसम्म १ सय ९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।