काभ्रे प्रहरीद्वारा घरेलु मदिरा नियन्त्रण
काभ्रे : जिल्लामा प्रहरी प्रमुखमा नयाँ नेतृत्वको आगमनसंगै प्रहरीले सकृय ढंगबाट कार्यको सुरुवाती गरेकोछ । जिल्लामा शान्तिसुरक्षाको अवस्थालाई सहज वनाउने कार्यको लागि बिभिन्न ढंगको योजनाहरु बनाई मातहतका प्रहरी परिचालन गर्ने कार्य भएको छ ।
प्रहरीले कानुनले निषेध गरेको कार्य गर्ने गराउनेलाई लक्षीत गर्दै अगाडी बढ्ने क्रममा अरनिको र वि.पि राजमार्ग र आसपासमा हुने बिभिन्न गतिबिधिलाई नियालेको छ । जस अन्तरगत राजमार्गमा संञ्चालन हुने बिभिन्न सवारीसाधनहरुको अवस्था राजमार्ग आसपासमा सञ्चालित होटल व्यवसायीहरुले गर्ने कार्यहरुलाई नियालेको छ ।
सोहि अन्तरगत उक्त दुई राजमार्ग आसपासमा सञ्चालन भएको होटलहरुमा गैह्र कानुनि ढंगबाट मदिरा बिक्रि वितरणलाई रोक लगाउने कार्यके सुरुवात गरेको छ । अरनिको र बि.पि. राजमार्ग आसपासका होटल पसलहरुमा रात्रीकालिन व्यापारीहरुले बिक्री बितरणको लागि राखिएको घरेलु मदिरा ५२५ लिटर नियन्त्रणमा लिई कानुनि प्रकृया पुरा गरी सुरक्षित स्थानमा नष्ट गरिएको छ ।