लिभरपुलको सहज जित
सोमबार, माघ १०, २०७८ | १२:२६:५५
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले हराएको हो ।
क्रिस्टल प्यालेसको मैदानमा भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ३२ औं मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा प्यालेसका ओड्सोने इडवार्डले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८९ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए । जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।