सिडिओ पाण्डे र एसपी जोशीद्वारा काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण
काभ्रे : काभ्रेपलाञ्चोकमा नयाँ नेत्तृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीले काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न मातहतमा रहेका प्रहरी ईकाइहरुको निरीक्षण गरेका छन् ।
सिडिओ पाण्डे र एसपी जोशीले सोमबार जिल्ला मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, ईलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी हिंगुवापाटी र देउपुर काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन गरेका थिए ।
उक्त अनुगमन तथा निरीक्षण कार्यक्रममा श्रीमान् प्रमुख जिल्ला अधिकारी पाण्डेले मातहत प्रहरी ईकाइ र उक्त ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा कोभिडको यस विषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्ने, आफु बस्ने प्रहरी ईकाइ र प्रहरी कर्मचारीहरु र अपराध अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिईएका मानिसहरु राख्ने हिरासत कक्षको सरसफाईमा विशेष ध्यान पुर्याउने, राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्ने, कुनै पनि प्रकारको प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानुनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने र संलग्न भएको अवस्थामा त्यस्ता प्रहरी कर्मचारीहरुलाई ऐन र कानूनको अधिनमा रही हदै सम्मको कारवाही हुने भनि निर्देशन सम्बोधन गरेकी थिइन् ।
अनुगमन निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा मातहत ईकाइमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रमुख जिल्ला अधिकारीले दिएको निर्देशनको परिपालनामा कटिबद्ध रहने भनि प्रहरी कर्मचारीको तर्फबाट जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जोशीले प्रतिबद्धता व्यक्त गर्दै जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्थितीलाई सुदृण गर्न हरेक प्रहरी कर्मचारीहरुलाई आ–आफ्नो स्थानबाट पदिय जिम्मेवारी ईमान्दारी पुर्वक निर्वाह गरी, गैह्र कानूनी क्रियाकलापमा संलग्न भई प्रहरी संगठनको छविमा आँच आउने प्रकृतिको कुनै पनि काम कारवाही भएको पाईएमा त्यस्ता प्रहरी कर्मचारीहरुलाई निर्ममता पुर्वक कारवाही गरिने भनि निर्देशन समेत दिएका थिए ।