सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैँयाले उकालो लागेर ९४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । जुन अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैँया कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९३ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैँयाले घटेर प्रतितोला एक हजार ३ सय रुपैँया तोकिएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस