काभ्रेमा एसपी जोशीको उदयसँगै फरार प्रतिवादी धमाधम पक्राउ

काभ्रे : काभ्रेमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीको उदय भएसँगै फरार प्रतिवदी धमाधम पक्राउ परेका छन् । काभ्रेमा एसपी जोशीले नयाँ नेत्तृत्व सम्हालेको केही दिन नबित्दै विभिन्न घटनामा फरार रहेको प्रतिवादीका साथै अपराधजन्य गतिविधिमा संलग्नहरु पक्राउ पर्न थालेका छन् ।
त्यस्तै जिल्ला प्रहरी काभ्रेले आज बैकिङ्ग कसुर मुद्धामा फरार रहेका एक प्रतिवदाीलाई पक्राउ गरेको छ । बैकिङ्ग कसुर मुद्धामा फरार रहेका काभ्रेको धुलिखेल धुलिखेल नगरपालिका वडा नं ४ का शंकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार प्रहरीले श्रेष्ठलाई आज (मंगलबार) पक्राउ गरेको हो । बैकिङ्ग कसुर मुद्धामा फरार रहेका श्रेष्ठलाई उच्च अदालत पाटनले २०७७ फाल्गुण ५ गते ३ लाख ३० हजार रुपैँया जरिवाना र २ दिन कैद सजाय तोकिएको थियो ।