आइतबार, बैशाख ०६, २०८३
सिटिइभिटी अन्तर्गतका सबै परीक्षा स्थगित

काठमाडौँ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)अन्तर्गतका सबै परीक्षा स्थगित भएका छन्। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै परीक्षा स्थगित भएको सिटिइभिटीले जनाएको छ।

सिटिइभीटीले बुधबार सूचना प्रकाशन गर्ने गरी परीक्षा स्थगितका बारेमा जानकारी गराउने जनाएको छ। अर्को निर्णय नभएसम्म परीक्षा स्थगित गरीने र परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सिटिइभिटीको तयारी रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय