१० ट्याब्लेट मात्र सिटामोल दिने व्यवस्था मिलाउन ललितपुरका सिडिओको सुझाव
मंगलबार, माघ ११, २०७८ | १६:०२:०७
ललितपुर : उपभोक्तालाई एक पटकमा १० ट्याब्लेट मात्र सिटामोल दिने व्यवस्था मिलाउन फार्मेसी सञ्चालकहरुलाई ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलेले सुझाव दिएका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आज जिल्लाभित्रका केही फार्मेसीहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा सिडिओ उपाध्यायले फार्मेसी सञ्चालकलाई उक्त सुझाव दिएका हुन् ।
केही दिनयता जिल्लामा प्रजिअ र सहायक प्रजिअको नेतृत्वमा एक दिन बिराएर अनुगमन थालिएको बताउँदै उपाध्यायले आज आफुले अनुगमन गरेको बताए । ललितपुरको मंगलबजारस्थित मोस.पसः औषधी पसल र श्याम मेडिकल हलमा अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा फार्मेसीहरुमा सिटामोलको अभाव देखिएको बताउँदै सिडिओ उपाध्यायले भने, ‘एक जनालाई एक पटकमा १० ट्याब्लेट सिटामोल दिने व्यवस्था मिलाउन फार्मेसीहरुलाई सुझाव दिइएको छ ।’