काभ्रे कोरोना अपडेट : २ सय ४० जनामा संक्रमण, १ सय २६ जना संक्रमणमुक्त

काभ्रे : जिल्लामा आज थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले ७ सय ३७ जना पुरुष र ८ सय ३० जना महिला गरी १५ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको २ सय ८८ वटा पिसिआर र १ सय ९० वटा एन्टिजेन गरी ४ सय ७८ वटा परीक्षणमा १ सय २७ वटा पिसिआर र १ सय १३ वटा एन्टिजेन गरी २ सय ४० वटा रिपोर्ट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १६ हजार ७ सय २९ पुगेको छ ।

जिल्लामा आज १ सय २६ जना संक्रमणमुक्त भएसँगै उपचारपछि संक्रमणमुक्त हुनेको संख्या १४ हजार ९ सय ६८ पुगेको छ । जिल्लामा अहिले १ सय ९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सिफारिस