बन्दुक पड्किदा काभ्रेको महाभारत गाउँपालिकाका एक पुरुषको मृत्यु

काभ्रे : काभ्रेको महाभारत गाउँपालिकामा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । बन्दुक पड्कीएर गाउँपालिकाको वडा नं २ का राम बहादुर गालेको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस विषयको अनुसन्धानका लागि प्रहरीको टोलीले घटना स्थलतर्फ हिँडिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस