सुनको मूल्य ४ सय रुपैँयाले बढ्यो
बुधबार, माघ १२, २०७८ | ११:३५:२१
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैँयाले बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले बढेर ९४ हजार ४ सय रुपैँया पुगेको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैँया कायम भएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला ९३ हजार ५ सय रुपैँया तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला एक हजार ३ सय रुपैँया कायम भएको महासङ्घले जनाएको छ ।