जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

सर्लाही : जुवा खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती ११ बजेको समयमा सुराकीको आधारमा पुगेको प्रहरी टोलीले सर्लाहीको बागमती-३ साविक ढुग्रेखोला ७ बाट जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार प्रहरीले जुवा खालबाट चार लाख ८४ हजार ५० रुपैयाँ नगद समेत बरामद् गरिएको हो ।

पक्राउ पर्नेहरुमा बागमती नगरपालिका ३ धरहराका जुवाखाल संचालक संचर भनिने ३४ वर्षका ढलक बहादुर तामाङ, सोही स्थानका ३९ वर्षका गौरिशंकर साह, ३४ वर्षका जित बहादुर बम्जन, वसवरिया गाउँपालिका ५ का ३३ वर्षका राम ज्ञान राय, ३२ वर्षका सन्तोष साह, ५० वर्षका छेदु साह, हरिवन नगरपालिका १० बस्ने ३२ वर्षका साजन पौडेल, २८ वर्षका प्रकाश अधिकारी, ५७ बवर्षका अर्जुन केसी, बरहथवा नगरपालिका ५ बस्ने २८ वर्षका जुनैन अन्सारी, बरहथवा–१० का २९ वर्षका रामबिर चौधरी र रौतहटको चन्द्रपुर नगरपालिका १ बस्ने ५१ वर्षका दिल बहादुर लामा रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस