पत्रकार विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीले गरिन् आर्थिक सहयोग
बुधबार, माघ १२, २०७८ | १५:३९:०६

काठमाडौँ : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पत्रकार एलबी विश्वकर्माको परिवारलाई आर्थिक सहयोग गरेकी छन् । मन्त्री झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार विश्वकर्माको परिवारलाई सहयोग गरेकी हुन् ।
मन्त्री झाँक्रीले विश्वकर्माकी श्रीमतीको खातामा रकम ट्रान्सफर गरिदिएको उनको सचिवालयले जनाएको छ । विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले जानकारी दिइन् । पत्रकार विश्वकर्माको बिहीबार बिहान मृत्यु भएको थियो ।