सवारी ज्यान मुद्दामा फरार रहेका बनेपाका दाहाल १६ वर्षपछि पक्राउ
बुधबार, माघ १२, २०७८ | १५:५९:०९

काभ्रे: सवारी ज्यान मुद्दामा फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार रहेका बनेपा नगरपालिका वडा नं ११ का सिताराम दाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार उक्त मुद्दामा फरार रहेका दाहाललाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो । उनलाई प्रहरी माघ ११ गते पक्राउ गरेको हो । कार्यालयका अनुसार २०६२ जेष्ठ २४ गते सवारी ज्यान मुद्दामा दाहाललाई जिल्ला अदालत धादिङले ६ महिना कैद र २ हजार रुपैँया जरिवाना सजायको फैसाला गरेको थियो ।
अदालतको फैसलापश्चात फरार रहेका दाहाललाई खोजतलास गरी पक्राउ गरिएको कार्यालयको जानकारी छ । पक्राउ परेका दाहाललाई फैसला बमोजिमको कैद तथा जरिवाना फर्छौटका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको प्रहरीले जनाएको छ ।