बैंकिङ कसूर मुद्दामा फरार रहेका काभ्रे बनेपाका भुजेल ४ वर्षपछि पक्राउ
बुधबार, माघ १२, २०७८ | १६:२०:३९
काभ्रे : बैंकिङ कसूर मुद्दामा मा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार रहेका काभ्रेको बनेपा नगरपालिका वडा नं ११ का कुमार भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसारबैंकिङ कसूर मुद्दामा भुजेललाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७४ फाल्गुण १४ गते ७ दिन कैद र ३ हजार रुपैँया जरिवाना सजायको फैसला सुनाएको थियो । अदालतको फैसलापश्चात फरार रहेका भुजेललाई खोजतलास गरी माघ १० गते पक्राउ गरिएको कार्यालयको जानकारी छ ।
पक्राउ परेका भुजेललाई फैसला बमोजिमको कैद तथा जरिवाना फर्छौटका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको प्रहरीले जनाएको छ ।