कोरोना संक्रमणका कारण काभ्रेमा आज एक पुरुषको मृत्यु

काभ्रे : जिल्लामा आज कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

श्वासप्रश्वास रोग सम्बन्धि उपचारको क्रममा शीर मेमोरियल अस्पतालमा आज मृत्यु भएको कार्यालयका प्रमुख डा.पुरुषोत्तम राज सेढाईले जानकारी दिए । उनका अनुसार मृतकमा ४ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस